कोरोना को महाम्री बढ्दै गएता पनि लक्डाउन तथा निषेध आज्ञा भएता पनि दैनिक उपभोग्य बस्तुहरु को अभाव नहुने भएको छ । बिभिन्न ब्यापारिक तथा औधोगिक संस्था का प्रतिनिधि ले बजार मा चामल , दाल , मैदा , नुन तथा चिनी लगायत का दैनिक उपभोग्य बस्तुको अभाव नहुने बताएका छन् ।आपूर्ति बन्द नै भएको अबस्थामा पनि करिब ३ महिना लाइ पुग्ने मौजात भएको उनीहरुको दाबि रहेको छ ।

बाणिज्य तथा आपूर्ति मन्त्रालय ले बजार मा करिब ३ महिना लाइ पुग्ने खाद्य सामग्री रहेको जनाएको छ । मन्त्रालय का निर्देशक प्रकाश पौडेल ले लक् डाउन नै भैहाल्ने सर्बसाधारण मा डर त्रास भएता पनि नहातालिन को लागि आग्रह गर्नु भएको छ ।

उहाले अहिले बजार मा दैनिक सामाग्री उत्पादन गर्ने क्रम जारि रहेको हुदा आफुहरु संग प्रयाप्त मात्रा मा सामग्री भएको उल्लेख गर्नुभएको छ ।

उद्योग बाणिज्य महासघ का बिभिन्न प्रतिनिधि ले बजार मा अति आवस्यक बस्तु हरु तथा खाद्यान्न को आपूर्ति मा अभाब नहुने बताएका छन ।उधोग तथा  बाणिज्य महासंग का अधय्क्ष राजकुमार श्रेस्ठ का अनुसार गत वर्ष पनि कुनै पनि बस्तु अभाब हुन् नदिएको पनि बताउनुभयो ।

कोरोनको कारण देखाउदै  नेपाल L.p Gas संघ ले उपभोक्ता लाइ ग्यास भर्न को लागि आग्रह गरेतापनि नेपाल आयल निगम ले आफुहरु संग प्रयाप्त मात्रा मा ग्यास रहेको कारण ले नआतिन को लागि आग्रह गरेको छ । नेपाल आयल निगम का महानिदैशेक सुरेन्द्र पौडेल का अनुसार आफुहरुले  कुनै पनि हालत पनि ग्यास को अभाव हुन् नदिने बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर