सप्तरंगी नेपाल , काठमाडौँ , तिते करेला सबै ब्यति लाई  मन पर्दैन | किनभने यो प्राकृतिक रुपमै तितो हुन्छ |  तर यो जति तितो भएनी  यसले मानब  शरिर मा  यक्दमै राम्रो फाइदा पुराउने गर्दछ | तर सबै नेपाली लाई यसको फाइदा र खाने तरिका बारे थाहा छैन |  तिते करेला मौसमी वेमौसमी दुवै खालको हुन्छ । हामीले दिनहुँ तरकारीको सेवन गर्दा करेला मात्रै नभएर अन्य विभिन्न तरकारीहरु प्रयोग गर्दै आएका हुन्छौ ।

 

तर तपाई हामी  नेपाली लाई सबैलाई थाहा नहुन सक्छ की हामीले सेवन गर्दै आएका तरकारीले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा गर्छ भन्ने कुरा । प्राय : करेला न्यानो हावापानीमा फस्टाउने एक लहरे तरकारी बाली हो ।  तिते करेला खेतीका लागि पानी नजम्ने र मलिलो बलौटे दोमट माटो भएको ठाउँ उपयुक्त मानिन्छ । तितेकरेला ले बिशेस गरेर केही जटिल स्वास्थ्य समस्या कम गर्नेदेखि शरीरलाई तन्दुरुस्त तथा इसफुर्त राख्नसमेत करेला उपयोगी देखिन्छ

 

तितेकरेलामा कुन कुन  खालका पौष्टिक तत्वहरू पाइन्छ ??

तितेकरेलामा प्रायजसो  पोटासियम क्याल्सियम,,आइरन ,कपर,  र भिटामिन ९ए, बि–१, बि–२० पाईन्छ । यसको नियमित प्रयोगले चिनीजन्य अर्थात् मधुमेह तथा अन्य रोगीलाई फाइदा पु¥याउने गर्दछ । यस्ता स्वास्थ्य समस्या भएकाहरूले करेला खानु बढी लाभदायी हुन्छ

तिते करेला खाएमा कुन कुन फाइदा हुन्छ ??

<छाला सम्बन्धी रोग

करेलाले छालाजन्य रोगलाई  समेत धेरै गर्ने  फाइदा गर्छ । करेला नियमित खाएमा वा यसलाई मिस्रीमा पिसेर रातको समयमा लेप लगाउँदा पनि छालाजन्य समस्या कम हुन्छ । साथै  करेलाको रसमा कागतीको रस मिलाएर लाउँदा पनि मुसा, दादलगायत छालासम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

<मिर्गौलाको पत्थरी

करेला पत्थरी भएकाहरूका लागि पनि फाइदा जनक हुन्छ । साथै, मिर्गौलामा पत्थरी भए करेला खाने गरेमा सो समस्याबाट छूटकारा पाउन सकिन्छ । करेलामा पाइने तत्वले पत्थर टुक्रा–टुक्रा पार्ने काम गर्छ, जसले गर्दा टुक्रिएका पत्थर पिसाब मार्फत शरीर बाहिर निस्कन्छ ।

<पेट दुखाई तथा पेट सम्बन्धि समस्या 

तिते करेला ले पेट सम्बन्धि समस्या लाई पानी धेरै फाइदा गर्दछ | चम्चाको एक चम्चा करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ । करेलाको रस पेट दुखाइ कम गर्न अचुक औषधि मानिएको छ ।

<मधुमेह तथा चिनी रोग

मधुमेहका रोगीहरूलाई करेला उपयोगी हुन्छ । करेलाले रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ ।

<हैजा

हैजा लागेमा करेला खानु लाभदायी हुन्छ । करेलाको रसमा अलिकति प्याज र कागतीको रस मिसाएर खाएमा फाइदा पुग्छ । साथै, ताजा करेला पिँधेर यसमा अलिकति नून मिलाएर हैजाका रोगीलाई दुई–तीनपटक खान दिनु राम्रो हुन्

<उक्त रक्तचाप कम गर्न 

तिते करेला लाई उक्त रक्तचाप लाई कम गर्न एकदमै सहयोग पुराउने गर्दछ | यस ले रगत को मात्र लाई सन्तुलन कायम गर्न मदत गर्दछ  |

<कब्जियत

करेला खाएमा कब्जियत हुनबाट मानिसलाई जोगाउँछ । करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबूत बनाउन करेला सहयोगी हुन्छ । साथै, नियमित करेला खाएमा कब्जियतका रोगी लाभान्वित हुन सक्छन् ।

<आँखा सम्बधि  समस्या

अहिले सानै उमेर मा बालबालिका तथा बयेस्क मा आखा सम्बंदी समस्या बर्दै गएको देखिन्छ | आइले को पुस्तामा लामो समय mobile, internet, computer जस्ता सामाजिक संजाल मा बेस्ट हुने गर्नाले पनि यो समस्या देखा परेको छ | जसका कारण   बच्चादेखि नै कतिपयलाई आँखासम्बन्धी विभिन्न रोगले सताउने गर्छ । हुर्कने क्रमसँगै बालबालिकालाई आँखासम्बन्धी विभिन्न समस्या देखा पर्छ । यस्ता समस्या कम गर्न करेला खानु दाभदायक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर