पछिल्लो समय जातीय छुवाछुत विरुद्ध निरि जागरुक गायक तथा नायक यस कुमार केहि समय देखि जातीय छुवाछुत विरुद्ध आवाज उठाइरहेका छन् | हिजो पत्रकार ऋषि धमला संग को एक अन्तरबार्ता   कार्यक्रम मा बोल्दै गायक यस कुमार ले जातीय छुवाछुत को बारेमा सम्पुण नेपाली लाइ सत्यता बुज्न को लागि आग्रह गरेका छन्  |

कार्यक्रम मा बोल्दै यस कुमार ले बर्तमान समय देशमा  हुनेगरेको जातीय छुवाछुत एक लज्जास्पद भएको बताएका छन | छुवाछुत को नाममा मा गरिने छुवाछुत पत्ति तिखो प्रहार गर्दै कुमार ले जातीयता को कारण ले नै नेपाल अरु देश भन्दा पछाडी परेको बताएका छन् |

कार्यक्रम मा बोल्दै एस कुमार   हिन्दु धर्म गरिने यो विभेद हिन्दु धर्म को नभएर हिन्दु धर्मको संचालक को भएको आरोप लगाएका छन् | ऋषि धमला ले जातीय छुवाछुत हटिसकेको छ ? , यो संबिधान मै कानुन ले अपराध साबित गरेको छ ! भन्ने प्रस्न लाइ एस कुमारले खण्डन गर्दै जातीय छुवाछुत केवल संबिधान मा मात्र हटेको टिप्पणी गरेका छन्  | यो कार्यन्वयन मा नआएको पनि बताएका छन् |

नेपाल मा करिब ६० लाख दलित रहेको छ सबै दलित लाइ एकजुट हुनको लागि पनि आग्रह गरेका छन् | उनले दलित ले बनाएको मन्दिर मा दलित जना नहुने , दलित ले बनाएको सुन सुद्ध हुने , दलित ले सिलाएको लुगाफाटो ले नाङ्गो शरीर ढाक्ने तर यही दलित लाइ लै समाज का उपल्लो जाति भनौदो ले जातीय छुवाछुत गर्ने गरेको मा निकै दुख लाग्ने पनि बताएका छन् |

को हुन् यस कुमार ??

यश कुमार नेपाली गायक ,संगीतकार तथा अभिनेता हुन्। यश कुमारको जन्म सर्लाही जिल्लामा भएको थियो| उनले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन। यश कुमार बहुआयामिक, बहुप्रतिभाशाली ब्यक्ती जसको शब्द, संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरूमा सकारात्मक शन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये ‘मैले छोएको पानी चल्दैन’ र ‘म आफ्नो शहरमा ईनार बनाउछु’ सबैभन्दा चर्चित गीतहरू हुन् | इन गीतहरूमा जातिय भेदभावको पिडा महशुश हुन्छ| आफ्नै गीत संगीतमा र रचनामा निपुण उसको रोमान्टिक गीतहरूमा माया प्रिती र बिछोडको भावना धेरै गहिरो हुन्छ |

पुरा भिडियो हेर्न को लागि तल click गर्नुहोस !

प्रतिक्रिया

सम्बन्धित खवर