हाम्रो समाज मा सुहागरात को खुलेर कुरा गरिदैन | तसर्थ सुहागरात केहो भन्ने कुरा थाहा हुनु गरुरी छ | सबै जना लाई सुहागरात के हो भन्ने कुरा थाहा नहुन सक्छ ? बास्तव मा सुहागरात भन्नाले श्रीमान श्रीमती ले बिवाह गरेको पहिलो रात मा बिताउने महत्वपूर्ण समय लाई बुजिनछ |

जसलाई बोलीचालीको भाषामा सुहाग रात पनि भनिन्छ ।  जसको मतलव गुवावले सजिएको विस्तरा तथा नवविवाहित जोडीबीचको शारीरिक सम्पर्क मात्रै हुँदैन । यसको अतिरिक्त अरु पनि धेरै हुन्छ सुहाग रातमा बैबाहिक सम्बन्ध को पनि सुरुवात को केन्द्र मानिन्छ |

 सुहागरात मा  धेरै आतुर पुरुषलाई नारीले कम विश्वास गर्छन् । त्यस कारण सुहागरातको समयमा पुरुषले जति धैर्य धारण गर्नसक्यो फाइदा पुरुषलाई तेतिकै फाइदाजनक भएको बुज्न सकिन्छ | प्राय गरि  नारीहरूले सुहागरातका अघिल्ला दुई चरणमा पुरुष मा भएको  धैर्य, अर्काको संवेदनशीलता प्रतिको उसको प्रतिक्रिया र उसको स्वार्थको सीमालाई विभिन्न कसीमा विभिन्न कोणबाट अध्ययन गर्ने कोसिस गर्छन् ।

एक नब बेहुली लाई  कुमारी झिल्ली वा सतीच्छद फाट्ताको पीडा, योनिबाट हुनसक्ने रक्तस्राव, यौनातुर पुरुषका अङ्गहरूको कठोरताका कुराहरू कुमारी स्त्रीलाई तर्साउन यथेष्ट छन् तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त आफूलाई अप्ठ्यारो परिहाले आफूसँगैको मान्छेले त्यसलाई कसरी लिन्छ भन्ने हो ।

एस अप्ठ्यारो स्थितिमा उसले आफ्नो मात्रै आनन्द हेर्छ कि आफूमाथि पर्नेको सजिलोलाई पनि प्राथमिकता दिन्छ |  यसबेला नारीको मनःस्थिति पर्ने प्रभाव जीवनभरि रहन्छ । पुरुषले नारीलाई यसबेला आश्वस्त पार्न सकेन भने मनमा गहिरो घाउ लाग्न सक्छ । शरीरको घाउ त मामुली होला वा सजिलै निको होला तर मनमा यसबेला बसेको अविश्वासको घाउ जीवनभरि निको नहुन सक्छ ।

आउँदो दाम्पत्य जीवनको लामो बाटामा सँगै हिँड्ने साथीको विश्वास जितेर सजिलो बनाउने कि अहिलेका क्षणिक आनन्दलाई महत्त्व दिएर भविष्यमा अविश्वासको गह्रौँ भारी बोकेर हिँडिरहनुपर्ने जोखिम मोल्ने ? नारीको विश्वास काँचको भाँडाजस्तो हुन्छ, फुटेपछि फेरि जोडिँदैन । पहिलो रात वा पतिका त्यसपछिका व्यवहारहरूका आधारमा मूल्याङ्कन गरेर पतिलाई स्वार्थी र बलात्कारीसम्म भन्ने पत्नीहरूको पतिसँगको समस्याको मनोवैज्ञानिक व्यवस्थापन गरेको र गर्दै रहेको चिकित्सकीय अनुभव मसँग थुप्रै छन् । सुहागरात दाम्पत्य जीवनको प्रवेशद्वार हो । स्त्रीपुरुष दुवैले यही समयदेखि नै एकअर्काको मनोविज्ञान र सजिलो अप्ठ्यारोप्रति सकारात्मक चासो राख्न सुरु गर्नुपर्छ । सुहागरातमा आफ्नो सोचाइअनुरूप यौन सम्बन्ध स्थापित हुन नसक्दा चरित्रमै अविश्वास उत्पन्न भएर दाम्पत्य जीवन दुर्घटनाग्रस्त भएको पनि मैले आफ्नो चिकित्सा पेसाको अनुभवमा देखेको छु ।

कुमारीत्व र सुहागरातसँग जोडिएको अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि छ– त्यो हो कुमारीझिल्ली । यसको चर्चाबिना यो लेख अधुरै रहनेछ । झिल्ली भनिने यो झिल्ली योनिको मुखैमा अलि भित्रतिर रहेको हुन्छ । कसैमा यो झिल्ली बच्चादेखि नै हुँदैन वा एक कुनामा सानो मात्र हुन्छ । धेरैजसोमा इलास्टिकजस्तो यो झिल्ली योनिको एक भित्तादेखि अर्को भित्तासम्म फैलिएर रहेको हुन्छ । पहिलो सम्भोगसम्म यो झिल्ली योनिमार्गको मुखमा छ भने सम्भोगका बेला फाटेर हलुका रगत आउन सक्दछ र अरू एकदुई दिन योनिको मुखमा हलुका सुजन हुन सक्दछ । तर, सानै उमेरमा खेल्दा, कुद्दा वा लड्दा प्रत्यक्ष वा अप्रत्यक्ष आघातले यो झिल्ली आफैँ च्यातिन सक्छ । यस झिल्लीको बिचमा महिनावारिको रगत जान सानो प्वाल हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर