नेपाल मा  बि. स २०६८ साल देखि मादकपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने उपकरण  ब्रेथ लाइजर प्रयोग मा लाइएको थियो | यसले केवल मादकपदार्थ सेवन गरि सवारी साधन चलाउने लाइ मात्र पत्ता लगाउने गर्थ्यो |

तर नेपाल मा लागुऔषधी सेवन गरि सवारी चलाउने लाइ पनि नियन्त्रण गर्न को लागि नया उपकरण प्रयोग मा ल्याएको छ | मादकपदार्थ नियन्त्रण गर्ने प्रविधिको विकास भइसके पछि नेपाल मा लागूऔषधी सेवन गर्नेको सख्या दिनानुदिन बढिरहेको बेला काठमाडौँ मा पहिलोपटक लागूऔषधी मापन गर्ने किट प्रयोग मा लायाएको हो |

महानगरीय प्रहरी ललितपुर क अनुसार लागूऔषधी सेवन गर्दा पनि सवारी दुर्घटना बढेको भन्दै यसलाई नियन्त्रण गर्न को लागि यो किट प्रयोग मा लायाएको बताइएको छ | ललितपुर मा बिशेस गरि होलि मा हुन् सक्ने सवारी दुर्घटना लाइ मध्यनजर गर्दै सर्बप्रथम यो प्रयोग मा ल्याइएको हो  |

यस किट मा बिशेष गरेर संकास्पत ब्यक्ति  को पिसाब द्वारा चेकजाँच गर्ने गरिन्छ    यदी ति व्यक्ति ले लागूऔषधी सेवन गरेको भय एक लाइन रातो देखाउने गर्दछ र सेवन नगरेको भय दुइ ;लाइन रातो देखाउने गर्दछ |

प्रतिक्रिया

सम्बन्धित खवर