आज अंग्रेजी अप्रिल १ यानकी अप्रिलक फुल ! आज को दिन लाइ बिश्वब्यापी रुपमा एक अर्कामा झुटो बोलेर तथा मुर्गा बनाएर एक अर्का लाइ मुर्ख बनाउने काम गरिन्छ | यसरी एक अर्का लाइ झुटो बोलेर तथा मुगा बनाएर मनाउने गरिने हुदा आजको दिनलाई अप्रिल फुल भन्ने गरिन्छ |

हाम्रो देश नेपाल मा पनि यो ब्यापक रुपमा मनाउने गरिन्छ | सामान्यतया नेपाल मा यस दिनलाई आपसमा झुटो बोलेर मनोरंजन को रुपमा मनाउने गरिन्छ |

प्रत्येक वर्ष, अप्रिल १ साथीहरूसँग एक अर्कामा ठट्टा खेल्ने र एक अर्काको खुट्टा कुनै अपराध बिना तान्ने गरी चिह्नित गरिन्छ। सबै किनभने यो अप्रिल फूल दिन हो! यो दिन युरोपमा पहिलो पटक मनाइएको थियो तर चाँडै नै विश्वको विभिन्न भागहरूमा फैलियो।

अप्रिल फुल को इतिहास

बिभिन्न पुस्तक तथा इतिहासकार का  अनुसार प्राचीन रोममा यस प्रकारको एक पर्व मनाइन्थ्यो । यसको नाम हिलारिया थियो र यो मार्च अन्तिम हप्तामा मनाइन्थ्यो । पूरै बेलायतमा अप्रिल फूल १८ औं शताब्दीदेखि लोकप्रिय भयो । स्कटल्याण्डमा एक परम्परा नै बन्यो । यहाँ यसलाई २ दिन मनाइन्थ्यो । सो क्रममा मानिसहरुलाई मुर्ख बनाइन्थ्यो । आधुनिक समयमा अप्रिल फूलका दिन प्य्रांकसँगै अफवाह पनि फैलाउन थालियो ।

यस्तो अफवाह फैलाउन पत्रिका, रेडियो, टेलिभिजन स्टेशन समेत सक्रिय थिए । यो दिन सञ्चार माध्यममार्फत हुँदै नभएका घटना प्रशारण गरेर दर्शक र स्रोतलाई मुर्ख बनाइन्यो ।

के झुक्याउने (मुर्ख ) बनाउने काम राम्रो हो ??

हुन् त कसैलाई झुक्काउने काम राम्रो होइन | आजको दि९न् दिन भएता पनि धेरै व्यक्ति लाइ अप्रिल फुल को बारेमा जानकारी नहुदा समाज मा झैझगडा पनि हुने गर्दछ | जसबाट अपराधिक गतिबिधि हुने गर्दछ | यहाँ सम्म कि कसै को घर बार पनि बिग्रन सक्छ |
\

प्रतिक्रिया

सम्बन्धित खवर