सप्तरंगी नेपाल , नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको फुटबल लिग ‘आईलिग’को उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।शनिवार सकिएको लिगमा गोकुलम केरला च्याम्पियन बन्यो ।

यस सिजन किरणले राउण्ड ग्लास पञ्जावबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरे । राष्ट्रिय टिमको लागि खेल्न नेपाल फर्केका किरणले पञ्जावको अन्तिम लिग खेल भने गुमाए । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको थ्री नेसन्स कप फुटबलका लागि नेपाल आएका हुन् ।

 

चेम्जोङ सन् २०१३बाट नेपाली टोलीको नियमित गोलकिपरबाट स्थान बनाई राष्ट्रिय टिमका लागि खेल्न सुरू गरेका हुन् ।नेपाले पहिलो पटक एसियाली फुटबल महासङ्घ (एएफसी) ले आयोजना गरेको प्रतियोगिताको रूपमा २०१६ एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

लाओसबिरुद्धको सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भए ।

उनले २०१८ मा सम्पन्न ओलम्पिक छनोटमा पनि जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर