चितवन मा आफ्नै आमा धनकुमारी तामाङ लाई  छोरि उषा तामाङ ले आधा कलेजो दिएर बचाएको घटना सार्बजनिक भएको छ | करिब ५ महिना पहिला धनकुमारी तामाङ को कलेजो ले काम गर्न छोडेको र प्रत्यारोपण गर्नु पर्ने भएको ले परिवारमा खैलाबैला मच्चिएको थियो |

सुरुमा कलेजो दान गर्ने प्रतिबद्धता जनाएको आफन्त ले अनेक बहाना मा पछाडी हटेपछि उनि स्वयंम तयार भएको थिइन् | करिब १६ बर्स पहिले पनि बहिनि लाइ ब्रेन तिउमर भएर उपचार गराउन नसक्दा उनको बहिनीको मिर्तु भएको थियो |

धनकुमारी को चितवन स्थित  चितवन मेडिकल कलेज मा कलेजो प्रत्यारोपण भएको हो | यो नेपाल मा काठमाडौँ उपत्यका बाहिर कलेजो प्रत्यारोपण भएको पहिलो घटना पनि हो |

यतिबेला उषा तामाङ लाइ अस्पताल ले डिस्चार्ज गरेता पनि धनकुमारी लाई भने करिब एक हप्ता [पछि मात्र डिस्चार्ज गर्ने अस्पताल ले जनाएको छ | अहिले दुवै को स्वास्थ्य अबस्थामा मा सुधार भएको डा . संजय यादब  ले जानकारी दिएका हुन् |

यस्तो बहादुर छोरि जसले एउटा आमा सहित दुवै को जिन्दकी लाइ बचाएको छिन् | उनलाई सबै ले साथ् तथा हौसला दिनु पर्छ | उनले आमा लाइ कलेजो दिएर बचाउन  सकेको मा निकै गर्ब पनि गरेकी छिन् |

प्रतिक्रिया

सम्बन्धित खवर