कोरोना संक्रमण बढे संगै काठमाण्डौ , ललितपुर तथा भक्तपुर का उच्चस्तरीय बैठक ले अब लक्डाउन  गर्ने कुरामा तयारी गरेका छन् |भारत मा फैलिए संगै  अब नेपाल मा पनि तिब्र कोरोना कोरोना देखीय पछि नेपाल मा पनि लक्उडान गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालय को भनाइ छ |

करिब १ बर्ष पहिले चैत्र ११ गते देशी कडाउन सुरु गरेको थियो | केहि समय अगाडी देखि कोरोना को त्रास बाट पर पाइरहेको बेला फेरी कोरोना को त्रास झन् जटिल बन्दै आएको छ | छिमेकि मुलुक भारत मा पछिल्लो २४ घण्टा मा करिब २०० जनाको करोना कै कारणले ज्यान गएको छ र एकै दिन करिब ४०००० हजार भन्दा बढी सङ्क्रमित भेटिएको छ |

पछिल्लो समय बेलायत ,आ देखिएको नया कोरोना भाइरस भारत मा पनि फैलिएको  बिभिन्न तथ्य ले पत्ता लगाएको छ | यसरी भारत मा फेरी तिब्र रुपमा देखिएको  भाइरस नेपाल मा पनि झन् खतरापूर्ण तरिकाले भित्रिन सक्ने खतरा पनि रहेको छ |

नेपाल र भारत को सिमा नाका हरु खुला भएको कारण नेपाल मा पनि यो तिब्र रुपमा कोरोना ले पुन महामारी को रुप लिन सक्ने भन्दै सरकारी निकाय ले लक्दाउन्  गर्ने भन्ने बिषय उठिरहेको छ |

पछिल्लो समय सामान्य जनजीबन भैरहेको बेलामा भारत मा फैलदै गएको कोरोना को कारण पुन त्रास बन्दै गएको छ | यसलाई मध्यनजर गर्दै अब नेपाल को सिमा नाका हरु मा पनि कडाई साथ् निगरानी गर्न थालिएको छ | फेरी व्यापक रुपमा कोरोना फैलीय पछि लकडाउन गर्ने तयारी !!

कोरोनाभाइरस के हो ?
आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए |
भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ। तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो। सन् २०१९ को डिसेम्बरमा चीनमा यो भाइरस भएको पत्ता लागेको थियो |

कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ?
कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ।सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्।

उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ। सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर