रास्ट्रपति बिद्या देबि भण्डारी  चैत्र ९ /१० गते बंगलादेश को राजकीय भ्रमण मा जादै हुनुहुन्छ | रास्ट्रपति  भण्डारी  नेपाल एयरलाइन्स को Narrow Body  A  बंगलादेश प्रस्थान गर्ने प्रबक्ता करिश्मा श्रेष्ठ ले जानकारी दिइन् |

काठमान्डू देखि करिब एक घण्टा दश  मिनेट को रहने बताइएको छ |रास्ट्रपति भण्डारी चैत्र साँझ  काठमाडौं फर्कनु हुनेछ  |

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता  शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ । बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ |

रास्ट्रपति भण्डारी संगै   भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् बंगलादेशमा रहँदा राष्ट्रपति भण्डारीको दुई दिने व्यस्त कार्यतालिका छ ।

रास्ट्रपति बिद्या देबि भण्डारी  नेपालको वर्तमान राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् |

यिनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्।

नेकपा एमालेमा रही सकृय राजनीति गर्ने यिनी नेपालको जनसङ्ख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसकेकी छिन्। उनलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२औं स्थानमा सूचिकृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर