काठमाडौं ,  यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पूर्वमन्त्री होमनाथ दाहाललाइ प्रदान गरेको छ  |उनलाई  वि.सं. २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।उनि  विगत ६ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा सदैब आबद् रहेका छन् |

वि.सं. २०५८ मा भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले  विभिन्न चेतनामुलक संदेश हरु  कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानको संरक्षक निधिका पुत्र एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि छन् ।

अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।

आज निधिको १००औँ जन्मजयन्तीका अवसरमा फागुन १२ गते विचारगोष्ठी र १३ गते महेन्द्रनारायण निधिको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन तथा निधिको स्मारकको अनावरणसमेत गर्ने कार्यक्रम रहेको छ । वि.सं. २०६८ देखि सञ्चालित अस्पतालको १०० शय्या क्षमताको आफ्नै नवनिर्मित भवन वसुन्धारामा रहेको छ ।

वि.सं. २०५८ मा भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले चेतनामूलक, सेवामूलक र विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानको संरक्षक निधिका पुत्र एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि छन् ।नेपालको इतिहासमा मधेश–तराई समुदायबाट राजनीति शुरु गरी राष्ट्रिय व्यक्तित्व बन्न सफल निधिको यो स्मारक चुरे पहाडभन्दा माथिल्लो भागमा पहिलो मधेसी समुदायको स्मृति स्मारक हुनेछ । वि.सं. १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मिएका निधिको पार्थिव अवशान विसं २०५६ मा भएको थियो

 

प्रतिक्रिया

सम्बन्धित खवर