काठमाडौँ  , नायिका करिश्मा महानायिका घोसणा गरिएको छ | आज आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनलाई  महानायिका घोषित गरिएको हो ।सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ र  महानायक राजेश हमाल बाट  माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् ।

कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ,वरिष्ठ चिकित्सक भोला रिजाल,चलचित्र निर्देशक तथा निर्माता नीर शाह,उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।

dav

नेपाली चलचित्र क्षेत्रमा महानायक र महानायिकाको विवाद लामो समयदेखि चल्दै आइरहेको छ । केही व्यक्तिहरुले भने एउटा संस्थाले घोषणा गर्दैमा कलाकारहरु आम नेपालीहरुको महानायक/महानायिका नहुने तर्क गर्छन् । ती व्यक्तिहरुको तर्कलाई पनि वेवास्ता गर्न भने मिल्दैन ।महानायिका घोषित भएपछि कलाको सम्मान गर्दै आफूलाई महानायिका घोषित भएकोमा नायिका करिश्माले खुसी व्यक्त गरेकी छन् ।साथै उनले आयोजक टिमलाई पनि धन्यवाद दिएकी छन् ।

करिश्मा मानन्धर (केसी)  जन्म १९७१, ललितपुरमा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्। उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् ।

 

उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।

१९८८ सन्तान कान्ता
1989 दंगा फसाद (हिन्दी)
1994 भाउजू
2000 रणभूमि
1989 मायालु
2000 बसन्ती वसन्ती
2000 ढुकढुकी
2000 पन्छी
2002 बाबुसाहेब
1992 ट्रक ड्राइभर

 

प्रतिक्रिया

सम्बन्धित खवर