काठमाण्डौ । हिजो मात्र बिवाह सम्पन्न भनेको  प्रदेश १ का मुख्य मन्त्री शेरधन राई लाई  प्रेम गरेको बाहानामा खुलेआम करणी गरेको भन्दै आफु नै शेरधनको श्रीमती हुँ भन्ने बालिका खड्काले आज जाङ्मुसंग विबाह बन्धनमा बाँधिन लागेका मुख्यमन्त्री राईलाई फेरी अर्को मुद्या हाल्ने धम्कि दिएकी छिन् |   विगत केही वर्ष अघिदेखि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उनले शेरधनसंगको सम्बन्धमा अदालत विचाराधिन रहेको समयमा शेरधनले अर्को विबाह गर्न नपाउने उनको भनाई दाबी गरेको बताएकी छिन् |

उनले शेरधन राई लाई मात्र नभई  उनीसंग विबाह गर्न लागेकी जाङ्मुलाई पनि बहुविबाहको मुद्या हाल्ने चेतावनी देयिकी छिन्  । उनले शेरधनको यो विबाहलाई दोश्रो विबाह हुन लागेको पनि बताएकी छन् । बालिकाको भनाई अनुसार शेरधनले उनीसंग सम्बन्ध विच्छेद नगरीकन अरुसंग बिहे गर्न पाउँदैनन् भन्ने उनको धारणा छ   …….यो पनि पद्नुहोस |मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिए

 

 

बालिकाको भनाईमा शेरधनले यो विबाह बाल विबाह हो । यस विषयमा बालिका भन्छिन्,‘मैले पाएको जानकारी अनुसार शेरधनले विबाह गर्न लागेका जाङ्मु जम्मा १८ वर्षकी छिन् रे । तर शेरधन त ५६ वर्षका छन् । एउटी नातिनीका उमेर बराबरको नाबालीकासंग विबाह गर्दैछ शेरधनले भन्ने सुनेको हुनाले मेरो हिसाबमा यो विबाह बालविबाह हो । र यस्मा पनि उनलाई मुद्या लाग्न सक्छ ।’ बालिकाले जाङ्मुलाई छा’डा संस्कृतीबाट आएकी केटी भनेर पनि सम्बोधन गरेकी छन् ।

प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आइतबार विवाह बन्धनमा बाँधिएका थिय ।विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको थियो |। ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ । उहाँहरुबीच झण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ ।

 

भिडियोसहित;https://youtu.be/XPazMTzQz4A

प्रतिक्रिया

सम्बन्धित खवर