काठमाडौं- दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा  २०२१का  लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या गत  बर्सको तुलनामा ४ हजार कम रहेको छ |

कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् ।

सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये

 

उत्पादन क्षेत्रमा ३७ हजार ७००,

कृषि क्षेत्रमा छ हजार ४००,

मत्स्यपालन क्षेत्रमा तीन हजार,

निर्माण क्षेत्रमा एक हजार ८००

 सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) १०० जना तोकिएको छ ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।-

प्रतिक्रिया

सम्बन्धित खवर