नेपाल वायु सेवा निगमको ध्यान भएका जहाजलाई पूर्ण क्षमतामा चलाउनेभन्दा नयाँ किन्नेमा केन्द्रीत छ नेपाल वायु सेवा निगमको ध्यान भएका जहाजलाई पूर्ण क्षमतामा चलाउनेभन्दा नयाँ किन्नेमा केन्द्रीत छ। दुईटा वाइड बडी र दुई न्यारो बडी जहाज नै राम्रोसँग चलाउन नसकेर नोक्सानी झेलिरहेको निगमले नयाँ व्यावसायिक योजनाका नाममा थप ६ वटा जहाज किन्ने प्रस्ताव गरेको छ । निगमको नेतृत्वमा आउने हरेकले कमजोरी सुधारभन्दा किन नयाँ जहाज किन्नमै आँखा लगाउँछन्

त ?
निगमले मंसीर २८ मा १० वर्षे व्यावसायिक कार्ययोजना पर्यटनमन्त्रीलाई बुझायो । त्यसमा ४ न्यारो बडी र दुई वाइड बडी जहाज किनेर थप ८ वटा नयाा गन्तव्यमा उडाउने भनिएको छ । कार्ययोजना कार्यान्वयन गर्ने हो भने पहिलो वर्ष करिब २४ अर्ब खर्च हुन्छ र दश वर्षसम्म त्यो खर्च वर्षेनि ९ प्रतिशतले बढ्छ । तर मुनाफा भने तीन वर्षपछि मात्र कमाउने र १० औं वर्षमा त्यो ५ अर्ब ३० करोड पुग्ने भनिएको छ । मुनाफा कमाउनका लागि निगम व्यवस्थापनले अहिले जहाज बढाउनुको विकल्प देखेको छैन ।

निगमलाई नयाा गन्तव्यमा जान अहिले पनि रोकावट छैन । उसले दुईटा वाइड बडी र दुई न्यारो बडी जहाज पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेकाले नोक्सानी त बढेको छ नै, वाइड बडी जहाज किन्दा २४ अर्ब ऋण लिएकोमा अहिले ४० अर्ब नाघिसकेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ निगमको बजार हिस्सा ११ प्रतिशतमा सीमित छ । निगमले बजार विस्तारका लागि आफ्ना कमजोरी सुधारेको छैन । नेतृत्वमा आउने हरेकले जहाज थप्ने प्रस्ताव मात्र गर्दै आएका छन् । र, हरेकजसो खरिद विवादमा परेका छन् । वाइड बडी जहाज खरिदमा चार अर्बभन्दा बढी अनियमितता भएको संसदको सार्वजनिक लेखा समितिले दुई वर्षअघि नै सार्वजनिक गरेको हो । राजनीतिक नियुक्ति पाउने सबैजसो व्यवस्थापकमाथि निगमको कमजोरी सुधारभन्दा पनि कमिसनका लागि खरिदमा ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ । यसअघिका सबैजसो खरिद विवादित भएकाले आरोप अस्वीकार गर्ने अवस्था छैन ।

निगमले कार्ययोजना बनाएको पनि यो पहिलोपटक होइन । नेतृत्वमा आउने हरेकजसोले यसरी नै मन्त्रीलाई बुझाउने कार्ययोजनाको चाङ लागिसकेको छ ।

पूर्वसचिव सुशील घिमिरे संयोजकत्वको समितिले १५ महिनाअघि निगमलाई नाफामा लैजान ख्यातिप्राप्त कम्पनीलाई व्यवस्थापन करारमा दिन वा रणनीतिक साझेदार भित्र्याउन सुझाएको थियो । सरकारले यिनैलाई निगमको अध्यक्ष बनाएको छ । तर उनले कुनै देखाउनलायक काम गर्न सकेका छैनन् । त्यसैले नयाा योजना र सुझाव प्रतिवेदनभन्दा पनि सुधार गर्ने इच्छाशक्ति र क्षमतासहितको नेतृत्व निगममा आवश्यक छ ।
Source: कान्तिपुर टेलिभीजन

प्रतिक्रिया

सम्बन्धित खवर