पहिलो टी–२० मा न्युजिल्यान्डद्वारा पाकिस्तान ५ विकेटले पराजित

काठमाडौं । अकल्यान्डमा भएको पहिलो टी–२० खेलमा घरेलु टोली न्यजिल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ गुमाएर १५३ रन बनाएको थियो ।

जवाफमा किवी टोलीले १८.५ ओभरमा ५ विकेट गुमाएर सहजै लक्ष्य पुरा गर्यो। खेलमा न्युजिल्यान्डका लागि डेब्यू गरेका जाकब डफीलाई उनको शानदार बलिङको लागि म्यान अफ दि म्याच घोषित गरियो। बाबर आजमको अनुपस्थितिमा पाकिस्तानी टोलीको कप्तानी शादाब खानले गरेका थिए । आजको खेलमा उनको टस जितेर ब्याटिङ गर्ने निर्णय एकदम गलत साबित भयो। पाकिस्तानी टोलीले २० रनको स्कोरमा ४ विकेट गुमाएको थियो। पाकिस्तानका विकेटकीपर तथा ब्याट्सम्यान रिजवानले १७ रनको पारी खेल्दा मोहम्मद हफीज र अब्दुल्ला शफीक खाता खोल्न सकेनन्।

३९ रनमा ५ विकेट गुमाएको अवस्थामा पाकिस्तानका कप्तान शादाब खानले इनिङलाई सम्हाल्दै ३२ बलमा २ चौका र ३ छक्काका साथ ४२ रन बनाए। तल्लो क्रममा ब्याटिङ गर्न आएका इमाद वसीमले १४ बलमा १९ रन र अलराउन्डर फहीम अशरफ १८ बलमा ३१ रन बनाए। यी खेलाडीहरुका कारण शुरुवाती विकेटहरु गुमाए पनि पाकिस्तानी टोलीले २० ओभरमा १५३ रन बनाउन सफल भयो। न्युजील्यान्डका लागि जाकब डफीले ३३ रन दिएर ४ विकेट र स्कट कुगेलीनले २७ रन दिएर ३ विकेट लिए। लक्ष्य पछ्याउन उत्रैको न्युजील्यान्ड टोलीले पनि २१ रनमा २ विकेट गुमायो। ओपनर टिम साइफर्टले ५७ रनको उत्कृष्ट इनिङ खेल्दा मार्क चेपम्यानले २० बलमा ३४ रन बनाए। अन्त्यमा न्युजिल्यान्डका कप्तान मिशेल सैन्टनरले ८ बलमा अविजित १२ रन बनाउदै टोलीलाई लक्ष्य सम्म पुर्याए। पाकिस्तानका लागि ह्यारिस रउफले ३ विकेट लिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर